हावाहुरीसहित असिना पानीकाे सम्भावना, सचेत रहन आग्रह
१८ बैशाख ,काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मुलुकका विभिन्न स्थानमा हावाहुरीसहित असिना पानी पर्ने सम्भावना कायमै रहेको छ । पश्चिमी, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव कायमै रहेकाले आज पनि वर्षा हुने महाशाखाको अनुमान छ । महाशाखाका अनुसार अहिले पूर्वी भू–भागमा सामान्य वदली र मध्य पहाडी भू-भागमा आंशिक वदली भइ बाँकी भू-भागमा मौसम सफा छ तर दिउँसोसम्म वर्षा हुने सम्भावना भने कायमै छ ।

दिउँसोसम्म देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रिमनसुनसमेत सुरु भएपछि केही दिनयता निरन्तर वर्षा हुँदै आइरहेको छ । यो क्रम आउने शनिबारसम्म कायमै रहने महाशाखाको पूर्वानुमान छ ।
प्रकाशित मिति : April 30, 2020 at 9:15 am





