पार्टी एकतालाई मजबुत बनाउँदै सरकारका कामको पक्षमा दृढतापूर्वक उभिने नेकपाको निर्णय
१७ वैशाख, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवलाय बैठकले पार्टी एकतालाई अझै मजबुत बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टी एकतालाई मजबुत बनाउने र सरकारले गरेका राम्रा कामको पक्षमा दृढतापूर्वक उभिने निर्णय गरेको सचिवालय सदस्य रहेका उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले जानकारी दिए ।

बैठकले बैशाख २० गते पुन: सचिवालयको बैठक बस्ने निर्णय पनि गरेको छ । बैठकमा पार्टीभित्र विकसित पछिल्लो स्थितिको समीक्षा गर्दै पार्टीको आगामी कार्यदिशा तय गर्ने बारेमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पार्टी स्थायी कमिटीको बैठक बोलाउने विषयमा अागामी वैशाख २० गतेको सचिवालय बैठकले निर्णय गर्नेछ ।
प्रकाशित मिति : 21:38









