आगलागीमा परेर छाेराकाे मृत्यु भएकाे ९ दिनपछि घाइते वडाध्यक्षकाे हृदयघातबाट निधन
१७ वैशाख, काठमाडाैँ । आगलागीमा परेर छाेराकाे मृत्यु भएकाे ९ दिनपछि घाइते वडाध्यक्षकाे बुधबार हृदयघातबाट निधन भएकाे छ । गत वैशाख ८ गते गुल्मीको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुर बजारमा रहेको पसलमा भएको आगलागीमा घाइते भएका बाग्लुङको बरेङ गाउँपालिका ३ का वडा अध्यक्ष पूर्ण बहादुर खनालको मृत्यु भएकाे हाे ।

गुल्मीको शान्तिपुर बसपार्कस्थित घरमा आगलागी हुँदा घाइते भएका खनालको काठमाडौँको कीर्तिपुरस्थित वर्न अस्पतालमा निधन भएको हाे । खनालको घरमा भएको आगलागीमा परी उनका १६ वर्षीय कान्छा छोरा समिरको घटनास्थलमै मृत्यु भएको थियो।
आगलागीमा परि खनाल र उनकी श्रीमती घाइते भएका थिए। घाइते दुवै जनाको उपचार भइरहेकोमा पूर्ण बहादुरको बुधबार निधन भएको हो। आगलागीमा परी जलेको घाउ निको हुँदै गए पनि सोही आगलागीबाट घटनास्थलमै छोराको ज्यान गएपछि विक्षिप्त बन्दै गएका खनालको हृदयघातका कारण ज्यान गएको बताइएकाे छ ।
प्रकाशित मिति : April 29, 2020 at 5:36 pm





