५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026

पोखरिया अस्पताललाई स्वाब सङ्कलन बुथ हस्तान्तरण

१७ वैशाख, वीरगञ्ज । पर्साको जिल्ला अस्पताल पोखरियामा कोरोना भाइरस सङ्क्रमण परीक्षणका लागि स्वाब सङ्कलन बुथ राखिएको छ ।
समाजवादी पार्टीका नेता निजामुद्दिन समानीको पहलमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराका प्रमुख जक्की अहमद अंसारीले सो बुथ उपलब्ध गराएको अस्पतालले जनाएको छ । सुरक्षित रुपमा स्वाब सङ्कलन गर्ने उद्देश्यले सहयोग गरेको सो बुथ कार्यालय प्रमुख अंसारीले मङ्गलबार अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिल यादवलाई हस्तान्तरण गर्नुभयो ।

फाइल फाेटाे

कार्यक्रममा नेता समानीले प्रमुख अंसारीले गरेको यो कार्य प्रशंसनीय रहेको उल्लेख गर्दै कोरोना भाइरसको आशंका लागेका बिरामीको स्वाब सङ्कलनका लागि निर्माण गरिएको यो बुथले चिकित्सक एवं स्वास्थ्यकर्मीलाई सङ्क्रमणको जोखिमबाट जोगाउने बताउनुभयो । प्रमुख अन्सारीले स्वाब सङ्कलन बुथबाट अस्पतालले कोरोना भाइरस सङ्क्रमणको आशंका गरिएका बिरामीलाई पनि राम्रो सेवा दिन सक्ने बताउनुभयो ।

कार्यक्रममा पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियार, उपप्रमुख सलमा खातुन र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मन साह कानुकोसहभागिता थियो ।

प्रकाशित मिति : April 29, 2020 at 1:26 pm