गरिबसँग विश्वेश्वर कार्यक्रमका कर्मचारीबाट कोरोना कोषमा ३ लाख ८८ हजार सहयोग
१६ वैशाख, काठमाडौँ । गरिबसँग विश्वेश्वर कार्यक्रमका कर्मचारीहरुले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग गरेका छन् । कार्यक्रमका देशभर कार्यरत सम्पूर्ण कर्मचारीहरुको तर्फबाट संकलित सहयोग ३ लाख ८८ हजार ८ सय रुपैयाँ सहयोग गरेका हुन् । कार्यक्रमका संयोजक विद्या सागर पाण्डेयले माननीय भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालज्यू मार्फत उक्त रकम कोषमा हस्तान्तरण गर्नुभएको हो ।

राज्य संकटमा परेको बेला हरेक नागरिकले आफ्नो तर्फबाट सक्दो सहयोग पुर्याउनु सम्पूर्ण नागरिकहरुको दायित्व भएको भन्दै गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गतका कर्मचारीहरुले स्वतस्फुर्त रुपमा सहयोग संकलन गरी सरकारलाई हस्तान्तरण गरेको संयोजक पाण्डेले बताउनुभयो ।
सामान्य परिस्थितिमा समेत दैनिक जीवनयापन गर्न कठिनाइ हुने गरिब तथा बिपन्न परिवारहरु लक्षित यस कार्यक्रमका कर्मचारीहरु बिश्वब्यापी महामारीको रुपमा फैलिएको ऋइख्क्ष्म्(ज्ञढ ९कोरोना भाइरस०बाट सिर्जित असहज परिस्थितीमा थप जटिलताबाट कुनैपनि नागरिक गुज्रिन नपरोस् भन्ने उद्देश्यले नेपाल सरकारले संचालन गरेका विभिन्न गतिविधिहरुमा टेवा पुर्याउन स्थानीय तह, जिल्ला र केन्द्रमा क्रियाशील रहेको कार्यक्रमका संयोजक पाण्डेयले बताए । हाल यो कार्यक्रम देशका ७७ वटै जिल्लामा संचालनमा रहेको छ ।
प्रकाशित मिति : April 28, 2020 at 6:07 pm





