कर्मचारीले नै सामान चोरेपछि भरतपुरकाे कोरोना अस्पतालमा अख्तियारको छापा
१६ वैशाख, चितवन । चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा कर्मचारीहरुले नै सामान चोरी गरेपछि अख्तियार दुरुपयोग अुनसन्धान आयोगले छापा मारेको छ। कर्मचारीहरुले नै अस्पतालका सामग्रीहरु सामान चोरी गरेको सिसिटिभी फुटेज बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगकले कोरोना विशेष अस्पतालमा मंगलबार छापा मारेको हो।

मंगलबार हेटौंडाबाट पुगेको अख्तियारको टोलीले अस्पतालमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको हो। अस्पताल संचालनका लागि प्रदेश ३ सरकारले १ करोड रुपैयाँ दिएको थियो। कोरोना आशङ्का गरिएका र सङ्क्रमितको उपचार गर्न भरतपुर महानगरपालिकाले तयार पारेको उक्त अस्पतालका कर्मचारीले रातको समयमा सामानहरु पोको पारेर लगेको भिडियो सार्वजनिक भएपछि अख्तियारले छापा मारेको हो।
सार्वजनिक भएकाे भिडियोमा अस्पतालमा कार्यरत भरतपुर महानगरपालिकाका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र भरतपुर महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले रातको समयमा स्टोरबाट सामान पोको पारेर लगेको देखिएकाे छ ।
भिडियोमा ३ जनाले पङ्खा, मास्क, स्यानिटाइजर, मोनिटर स्क्रिन, बेगन, चप्पल, ग्लु स्टिक, साबुन छानी/छानी उठाएर प्याक गरेर पोको पारेपछि स्टोरकाे कोठामा बत्ती निभाएको देखिएको छ। उनीहरुले अँध्यारो कोठामा मोबाइल बालेर सामान उठाएर लगेको भिडियो सार्वजनिक भएकाे छ ।
प्रकाशित मिति : April 28, 2020 at 5:30 pm





