२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

रौतहटमा थप २ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या ५४ पुग्याे

१६ वैशाख, काठमाडाैँ । रौतहटका २ जना युवामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

चैत २२ गते कलकत्ताबाट आएका बृन्दावन नगरपालिकाका २४ वर्षीय युवकमा काेराेना संक्रमण देखिएकाे हाे ।  अर्का संक्रमित देवाही गोनाही नगरपालिका-१ निवासी ३५ वर्षीय पुरुष हुन्। उनी पनि वैशाख ४ गते दिल्लीबाट आएका थिए।

दुबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ। उनीहरूलाई वीरगन्जस्थित नायारणी अस्पताल पठाउनेबारे छलफल चलिरहेको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ। जसमा १६ जना निको भएका छन्।

प्रकाशित मिति : April 28, 2020 at 12:22 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/