डा बाबुराम भट्टराईको छाडा र अपशब्दमा रेडियो नेपाले माफी माग्यो
१५ वैशाख, काठमाडाैँ । रेडियो नेपालमा डा नवराज लम्सालले कार्यक्रम अन्तरसम्वादमा पूर्वप्रधानमन्त्री समेत रहेका डा बाबुराम भट्टराईसँग गरेको कुराकानीको विषयमा रेडियो नेपालले माफी मागेको छ । केही पत्रकारहरूले नै रेडियो नेपालको प्रयोग गरेर डा भट्टराइले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यक्तिगत रूपमा गाली गलौज र अपशब्द प्रयोग गरेपछि आपत्ति जनाएका थिए ।

सरकारी सञ्चारमाध्यमबाटै प्रधानमन्त्रीका विरूद्धमा अपशब्द प्रयोग भएको भन्दै आलोचना भएपछि रेडियो नेपाले माफी मागेको हो । रेडियोले विज्ञप्ति नै निकालेर लाइभ कार्यक्रममा प्रयोग भएको भाषाप्रति क्षमा मागेको छ । कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले विज्ञप्तीमार्फत आगामी दिनमा अतिथि चयन गर्दा ध्यान दिने बताएका छन ।
प्रकाशित मिति : April 27, 2020 at 5:53 pm




