२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

आफ्नै बहिनीलाई बलात्कार गर्ने दाजु पक्राउ

१५ बैशाख, भक्तपुर । आफ्नै  बहिनीलाई जबरजस्तीकरणी गरेको अभियोगमा  एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।  सिन्धुपाल्चोक घर भई हाल मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ९ बोडेमा बस्दै आएका  २३ वर्षीय दाजुले  आफ्नै १४ वर्षीया बहिनीलाई जबरजस्तीकरणी गरेका प्रहरीले बताएको छ।

फाइल फाेटाे

प्रहरीका अनुसार बहिनीलाई शनिबार राति जबरजस्तीकरणी गरेको भन्ने किटानी जाहेरी दिएकाले युवकलाई पक्राउ गरिएको हो। युवकलाई भक्तपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी जबरजस्ती करणी तथा हाडनाताकरणी सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन्।

प्रकाशित मिति : April 27, 2020 at 5:41 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/