५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

लकडाउनको समयमा दालमा कालोबजारी गर्ने अर्बपति व्यापारी मोहनलाल चाचान पक्राउ

१५ वैशाख, काठमाडाैँ ।  लकडाउनको समयमा दालमा कालोबजारी गर्ने अर्बपति व्यापारी मोहनलाल चाचान पक्राउ परेका छन ।  अर्बपति शुलभ अग्रवालको थर्मल गनको कालोबजारीको मुद्धा अनुसन्धानमै क्रममा रहेको बेलामा अर्का व्यापरी दालमा कलोबजारी गर्दैगर्दा पक्राउ परेका हुन । चाचान समुहका संचालक मोहनलाल चाचान बाराबाट पक्राउ परेका हुन ।

उनले दालमा प्रतिकिलो १५ देखी २० रुपैया बढी मूल्य लिएको कारण उनीसहित पाँच जना पक्राउ गरेको प्रहरीले जनाएको छ। चाचानले लकडाउन भन्दा पहिले मसुरो दाल प्रति केजी ८० देखि ८५ रुपैयाको मूल्यमा बिक्री गरेका थिए । तर चैत ११ देखि लकडाउन शुरु भए यता दाल प्रति केजी ९४ देखि ९८ रुपैयाको मूल्यमा बिक्री गर्दै आएका छन् ।

पक्राउ पर्नेमा बीरगंवजको प्रतिष्ठित उधोगी घराना चाचान ग्रुपको बाराको परवानीपुर ४ स्थित नारायणी मोडर्न पल्सेस इण्डष्ट्रिजका सन्चालक मोहनलाल चाचान अग्रवाल र बाराकै छातापिपराको कृष्ण आधुनिक दाल उद्योगका सन्चालक पवन कुमार साह रहेका छन् । उद्योगपतिद्वय चाचान र साहसंगै प्रहरीले चाचानको उद्योगमा कार्यरत कर्मचारी सुनिल शर्मा , साहको उद्योगका कर्मचारी सुरेश प्रसाद र परवानीपुर ४ लिपनीमालमा रहेको महावीर ओभरसिज प्रालिका कर्मचारी सन्तोष झालाइ पनि रहेका छन ।

प्रकाशित मिति : April 27, 2020 at 12:01 pm