अमेरिकन आइडलकाे उत्कृष्ट २० मा पुगेका दिवेशलाई मत दिन मिल्ने
१५ वैशाख, काठमाडाैँ । अमेरिकन आइडलको उत्कृष्ट २० मा पुगेका दिवेश पोखरेललाई मत दिन मिल्ने भएको छ। उनलाई एसएमए, एविसीकाे एप डाउनलोड गरेर वा एविसीकाे वेभसाइटबाट भाेट दिन सकिने छ ।

उनले विभिन्न माध्यमबाट मत मागेका छन्। कोरोना भाइरसका कारण सबै प्रतिस्पर्धीले घर–घरबाटै दिएको प्रस्तुति अमेरिकी टेलिभिजन च्यानल एबिसीबाट आइतबार साँझ प्रसारण भएको थियो। काठमाडौंका पोखरेल अमेरिकन आइडलको यति माथिसम्म पुगेका पहिलो नेपाली हुन्। उनी कन्सास राज्यको विचिटामा बस्छन्।
प्रकाशित मिति : April 27, 2020 at 11:10 am









