५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

हराएको सात महिनापछि १३ वर्षीय बालककाे कंकाल भेटियाे, हत्याकाे आशंका

१५ वैशाख, रुकुमपूर्व । सात महिनादेखि हराइरहेका भूमे गाउँपालिका–९ चुन्बाङका १३ वर्षीय विनय पुनको आज कंकाल भेटिएको छ । गत वर्ष असोज ६ गतेदेखि हराएका पुनको आज कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिनुभयो ।


हराएका बालक नभेटिएपछि खोजी गरिदिन आग्रह गर्दै परिवारले गत वर्ष पुस ५ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको थियो । बाख्रा चराउन गएका स्थानीयवासीले जंगलको खोल्सामा मानव कंकाल भेटिएको खबर प्रहरीलाई गरेका थिए । बालकको घरदेखि आधा घण्टाको पैदल दूरीमा उनको कंकाल भेटिएको हो ।

प्रहरीसंँग घटनास्थल पुगेका बालकका परिवारका सदस्यले उनले लगाएको कपडा र साथमा रहेको सामसुङ मोबाइलबाट शव पहिचान गरिएको प्रहरी निरीक्षक गुरुङले बताउनुभयो । बालकको मृत्यु आफैँ भएको नभई कसैले हत्या गरेको हुन सक्ने भन्दै परिवारले थप अनुसन्धान गर्न प्रहरीमा निवेदन दिएको छ ।

प्रकाशित मिति : April 27, 2020 at 10:07 am