वीरगन्जकी युवतीको कोरोनाका कारण नभइ रक्तक्यान्सरका कारण मृत्यु
१४ चैत, काठमाडाैँ । वीरगन्जकी युवतीको कोरोनाका कारण नभइ रक्तक्यान्सरका कारण मृत्यु भएको बुझिएको छ । युवती ब्लड क्यान्सरबाट पीडित रहेकी थिइन् । वीरगन्ज महानगरपालिका-१० अशोकबाटिका टोलकी २३ वर्षीया युवतीको आइतबार बिहान मृत्यु भएको थियो । उनको र्यापिड डायग्नस्टिक (आरडिटी) परिक्षण रिपाेर्ट पाेजेटिभ देखिएपछि थ्रोड स्याब संकलन गरेर पिसिअार बिधिबाट नमुना परीक्षण गरिएको थियो । उनको पिसिअारको रिपोर्टमा कोरोना नेगेटिभ देखिएको बुझिएको छ ।

शनिबार बिहानैदेखि उनकाे स्वास्थ्यमा समस्या देखिएपछि वीरगन्जककाे तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना गरिएकाे थियाे । उनको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको थियो । अहिले उनको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा लगिएको पत्रकार जितेन्द्रे शाहले जानकारी दिए ।
प्रकाशित मिति : April 26, 2020 at 12:27 pm





