कालोबजारीकाे आराेपमा पक्राउ परेका अग्रवालविरुद्ध ४ वटा कसुरमा मुद्दा चलाउन सिफारिस
१४ वैशाख, काठमाडौँ । ३ हजारमा किनेकाे ज्वराे नाप्ने थर्मल गनलाई १५ हजारमा बेचेकाे आराेपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवालविरुद्ध ४ वटा कसुरमा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले चैत २५ गते ६७ थान थर्मल गनसहित नक्सालबाट पक्राउ परेका अग्रवालविरुद्ध कालोबजारी, अवैध भण्डारण तथा नाफाखोरी र कृत्रिम अभाव सिर्जना र सार्वजनिक पदको दुरुपयोग गरेका ४ वटा कसुरमा मुद्दा चलाउन सिफारिस गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी सोमेन्द्रसिंह राठौरले अग्रवालविरुद्धको अनुसन्धान सकिएको र ४ वटा कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको बताए । १५ लाख ७८ रुपैयाँ बिगो र ३ वर्ष कैद सजाय मागदाबी गरिएको छ ।
प्रकाशित मिति : April 26, 2020 at 11:48 am





