जेठ २ सम्म हवाई उडान बन्द राख्ने उच्चस्तरीय समन्वय समितिको निर्णय
१२ वैशाख, काठमाडौँ । आगामी जेठ २ गतेसम्म अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान बन्द रहने भएको छ । शनिबार सिंहदरबारमा बसेको काेराेना सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले जेठ २ सम्म उडान बन्द राख्ने निर्णय गरेको सचिव नारायण विडारीले जानकारी दिए।
सरकारले यसअघि वैशाख १८ गतेसम्म उडान बन्द राखेको थियो। उक्त समय बढाएर जेठ २ सम्म पुर्याइएको हो।

प्रकाशित मिति : April 25, 2020 at 3:18 pm




