४ श्रावण २०८३, सोमबार | Mon Jul 20 2026

भक्तपुर अदालतका ५ जना न्यायाधिशहरुद्धारा कोरोना कोषमा ३ लाख ७ हजार सहयाेग

-सोम शर्मा (बजगाई)

१२ वैशाख, भक्तपुर । लकडाउनको अवधिमा जिल्ला अदालत भक्तपुरको आदेशमा ११ जना बन्दी रिहा भएका छन् । लकडाउनमा बाल सुधार गृहमा रहेका १० जना र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५५ को निवेदनका आधारमा १ जना गरि ११ जना बन्दी रिहा भएको अदालतका श्रेष्तेदार घनेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

अनुसन्धानका क्रममा अदालतको थुनछेक आदेशबाट पूर्वपक्षका लागि बाल सुधार गृहमा पठाइएका १० जना र १ बर्षभन्दा कम सजाय भएकामध्येबाट संहिताको दफा १५५ नम्बरमा परेको निवेदन अनुसार १ जनालाई रिहा गरिएको श्रेष्तेदार अधिकारीले बताउनुभयो । उहाँले लकडाउनको समयमा पनि नियमित अदालत सञ्चालन गरि पेशी मुद्दा हेर्ने कामहरु भइरहको बताउनुभयो । अदातलमा लकडाउन अवधिभर १० वटा अभियोगपत्र दर्ता भएको, २ वटा म्याद थप र २ वटा जरुरी पक्राउ पूर्जी जारी भएको अदालतले जनाएको छ ।

यसैगरी भक्तपुर जिल्ला अदालतका ५ जना न्यायाधिशसहितको कर्मचारीहरुको तलबबाट ३ लाख ७ हजार रुपैयाँ संघ सरकारको कोरोना कोषमा प्रदान गरिएको अदालतको श्रेष्तेदार अधिकारीले जानकारी दिनुभयो । ५ जना न्यायाधिशहरुको ७ दिन बराबरको तलब, राजपंत्राकिंत द्धितिय र तृतिय श्रेणीका कर्मचारीहरुको ५ दिन बराबरको र रापअनं. र श्रेणी विहिन कर्मचारीको ३ दिन बराबरको तलब कट्टा गरि कोषमा जम्मा गरिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : April 24, 2020 at 1:38 pm