चितवनका २ कोरोना संक्रमितमध्ये एक जनाको रिपोर्ट नेगेटिभ
१२ वैशाख, काठमाडाैँ । भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितमध्ये एक जनाको रिपोर्ट नेगेटिभ आएको छ । बैशाख ३ गते कोरोनाको संक्रमण देखिएपछि अस्पताल भर्ना भएका आमा छोरामध्ये छोरोको रिपोर्ट नेगेटिभ आएको हो ।

कोरोना पुष्टि भएपछि पहिलोपटक बिहीबार गरिएको स्वाब परीक्षणमा छोराको रिपोर्ट नेगेटिभ आएको अस्पताल स्रोतले जानकारी दिएको छ । चैत ३ गते बेलायतबाट आएका राप्ती–८ ब्रह्मनगरका आमाछोरामा गत शुक्रबार कोरोना पुष्टि भएको थियो ।
आरडीटीमा पोजिटिभ देखिएपछि उनीहरूलाई वैशाख ३ गतेदेखि नै आइसोलेसनमा राखिएको थियो । अब २४ घण्टामा गरिने अर्को परीक्षणमा रिपोर्ट नेगेटिभ आए उनलाई डिस्चार्ज गरिने अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो ।
प्रकाशित मिति : April 24, 2020 at 11:40 am





