४ श्रावण २०८३, सोमबार | Mon Jul 20 2026

बाटामा पानी छर्किएकाे भन्दै दलित महिलामाथि निर्घात कुटपिट

१२ वैशाख, कपिलवस्तु । मायादेवी गाउँपालिका वडा नं १ पकडीमा एक दलित महिलामाथि कुटपिट भएको छ । पकडी निवासी ४० वर्षीया अनिता पासीलाई स्थानीयवासी चार जनाले सडकमा धुलो उडेका विषयमा कुटपिट गरेका हुन् । सडकमा धुलो उडेपछि पानी छर्किने विषयमा विवाद हुँदा आफूलाई पकडीका सानाहे यादव, हरिराम यादव, बडकी ताकियाही र छोटकी तकियाहीले कुटपिट गरेको पीडित पासीले बताउनुभयो ।

यही वैशाख ७ गते दिउँसो हावा चलेको बेला सडकको धुलो उडेपछि पासीले बाटामा पानी छर्किँदा तल्लो जातले पानी छर्किनु हुँदैन भन्दै यादव परिवारले अनितालाई कुटपिट गरेको थियो । एकल महिला पासीले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा सो विषयमा उजूरी दिनुभएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको र दोषी भए जातीय छुवाछूत कानूनबमोजिम कारवाही हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।

प्रकाशित मिति : April 24, 2020 at 10:59 am