कोरोना रोकथामका लागि सरकारले स्थापना गरेको कोषमा नेकपाद्वारा चार लाख सहयोग
१२ वैशाख, स्याङ्जा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जाले कोरोना भाइरस रोकथाम र सहयोगको लागि सरकारले स्थापना गरेको कोषमा रु चार लाख रुपैया जम्मा गरेको छ ।

नेकपा स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रे पारसले बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई र प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई दुई/दुई लाख बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।
प्रकाशित मिति : April 24, 2020 at 8:05 am





