कैदीलाई कोरोना, पीडा हैन खुशीः कतारको जेलमा रहेका १७ नेपालीले पाए आम माफी
१२ वैशाख, काठमाडाैँ । कतारको बन्दी गृहमा रहेका १७ जना नेपालीले आम माफी पाएका छन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले हालको बिश्व महामारीको अवस्थालाई मध्यनजर गर्दै आममाफी दिएको घोषणा सार्वजनिक गरेको कतार स्थित नेपाली राजदूतावासले जनाको हो ।

कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखी केही कैदीलाई आममाफी दिइएको हो । सो आम माफी अन्तर्गत कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली पनि रिहाई भएका हुन् । रिहाई हुनेमा १३ जना लागू औषध कारोवार जन्य, दुइ जना चोरी, एक जना मादक पदार्थ कारोबार र अर्का एक जना ठगीको कसुरमा सजाय भोगिरहेका थिए । यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित भएको छ ।
प्रकाशित मिति : April 24, 2020 at 7:17 am





