११ असार २०८३, बिहिबार | Fri Jun 26 2026

प्रधानमन्त्री ओलीद्वारा कतारका प्रमसँग फोन वार्ता

११ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ कतारका प्रधानमन्त्रीसँग फोन संवाद गरी कतारमा रहेका नेपालीको सुरक्षा र कल्याणका विषयमा कुरा गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले फोन संवादमा कतारमा विभिन्न आरोपमा गिरफ्तारमा परेका १७ नेपालीलाई रिहाइ गरेकाप्रति खुशी व्यक्त गर्दै धन्वयाद दिनुभएको छ । प्रधानमन्त्री ओलीले ट्वीटरमा लेख्नुभएको छ, “कतारका प्रधानमन्त्रीसँग फोन संवाद गरे, मैले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणका बारेमा चासो राखे, कतारका प्रधानमन्त्रीले त्यहाँ रहेका नेपालीको बारेमा चिन्ता नलिन आग्रह गर्नुभयो, मैले विभिन्न आरोपमा गिरफ्तार १७ नेपालीको रिहाइप्रति खुशी व्यक्त गर्दै धन्यवाद दिएँ ।”

कोरोना भाइरसको सङ्क्रमण विश्वभरी नै फैलिँदै गएपछि यसअघि पनि प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रधानमन्त्री तथा राष्ट्रप्रमुखसँग संवाद गरी आफ्ना नागरिकको सुरक्षा र कल्याणको विषयमा कुराकानी गरिरहनुभएको छ ।

प्रकाशित मिति : April 23, 2020 at 10:02 pm