४ श्रावण २०८३, सोमबार | Mon Jul 20 2026

जापानमा बसेर नेपालमा सहयोगः ५८ विपन्न परिवारलाई राहत स्वरूप खाद्यान्न सामग्री सहयाेग

१२ वैशाख, काठमाडाैँ । काेराेना भाइरस (काेभिड १९)ले विश्वभर नै महामारीकाे रूप लिइरहेकाे छ । नेपालमा पनि काेराेनाका कारण विगत १ महिनादेखि लकडाउन भैरहेकाे छ । लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने तथा विपन्न वर्गका नागरिक मारमा परेका छन् ।

यस्ताे संकटकाे समयमा एकजना मनकारी युवाले लकडाउनका कारण बिहान बेलुकाकाे छाक टार्न समेत मुस्किल परेका काठमाडाैँ तारकेश्वर नगरपालिका वडा नम्बर ४ का केहि परिवारलाई खाद्यान्न सामग्री सहयाेग गरेका छन् । गाेरखाकाे गण्डकी गाउँपालिका मकैसिंहपाेखरी घर भई हाल राेजगारीका लागि जापानमा रहेका रविनकुमार श्रेष्ठले ५८ परिवारलाई राहत सामग्री सहयाेग गरेका हुन ।

श्रेष्ठले उपलब्ध गराएको खाद्यान्न सहयोग गाेलढुंगाका मजदुर, विपन्न तथा सुत्केरी सहितका ५८ परिवारलाइ चामल, दाल तेल, नुन, चिउरालगायतका सामाग्री वितरण गरिएको वितरणमा संलग्न पर्यटन व्यवसायी नामिनाथ देवकोटाले जानकारी दिए ।

 

प्रकाशित मिति : April 24, 2020 at 7:54 am