४ श्रावण २०८३, सोमबार | Mon Jul 20 2026

सनसिटी अपार्टमेन्टका २ जना कोरोना संक्रमित निको भएर फर्किए

११ वैशाख, काठमाडाैँ । सनसिटी अपार्टमेन्टमा बस्ने २ जना कोरोना भाइरस संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले उनीहरू आजै डिस्चार्ज भएको जानकारी दिए।

चैत ५ गते बेलायतबाट फर्किएका उनीहरूलाई वैशाख १ गते र्‍यापिड टेस्ट गर्दा कोरोनाभाइरसको एन्टिबडी पोजेटिभ देखिएको थियो। त्यही दिन उनीहरूलाई पाटन अस्पतालमा भर्ना गरिएको थियो।

याेसँगै नेपालमा अहिलेसम्म ९ जना संक्रमित उपचारपछि घर फर्किएका छन्।

प्रकाशित मिति : April 23, 2020 at 4:45 pm