उदयपुर र जनकपुरका २ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ४७ पुग्याे
११ वैशाख, काठमाडाैँ । उदयपुर र जनकपुरमा २ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकाेटाले जानकारी दिए ।

देवकाेटाका अनुसार उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको हो । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४७ पुगेका छन् ।
प्रकाशित मिति : April 23, 2020 at 4:32 pm





