१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

अपहरणको प्रचार युद्ध चलाउने बाबुरामकै निवासमा बसेर यादवले भने ‘म अपहरणमा परेको छैन’

११ वैशाख, काठमाडाैँ । समाजवादीका पर्टीका नेता डा सुरेन्द्र यादवले आफू अपहरणमा परेको भन्ने विषय झुटो रहेको प्रतिक्रिया दिएका छन । डा यादव अपरहणमा परेको प्रचार युद्ध चलाउने डा बाबुराम भट्टराइको निवासमै बसेर उनले आफू अपहरणमा नपरेको प्रतिक्रिया दिएका छन् ।

डा यादवले आफू बुधबार काठमाडौँ आएको स्वीकार गर्दै राति होटलमा बसेको र बिहान पार्टी अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेको बताएका छन । डा यादवले आफू अपहरणमा परेको भन्ने समाचार र प्रचारको खण्डन गर्दै आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटेको भन्ने हल्ला पनि गलत भएको बताए । डा यादवले जनकपुरबाट काठमाडौं हिड्नु अघि नै आफूले उपेन्द्र यादवलाई जानकारी गराएको समेत बताए । उनले पार्टी फुटाउन भनेर कसैँसँग कुरा नगरेको पनि स्पष्ट पारे ।

प्रकाशित मिति : 16:03