१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

राजपा र समाजवादी एकताका लागि प्रमाण पुगेन, अब के हुन्छ ?

११ वैशाख, काठमाडाैँ । मध्यरातमा एकता गर्ने सहमति गरेका मधेश केन्द्रीत राजनीति गर्दै आएका दुइ दल राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको एकतासहितको दल दर्ताका लागि प्रमाणको अभाव भएको छ । बिहीबार बिहान हतारिएर निर्वाचन आयोग पुगेका दुबै दलका नेता प्रमाण नपुगेपछि सूचना दर्ता गरेर फर्किएका छन ।

निर्वाचन आयोगले उनीहरूको दल दर्ताका लागि आवश्यक कागजात नपुगेको बताएको छ । दुवै पार्टीका नेताहरु निर्वाचन आयोग पुगे पनि आवश्यक प्रमाण पुर्याउन नसकेको आयोगका अधिकारीले बताएका छन । आयोग उच्च स्रोतका अनुसार एकीकरणका लागि दुवै दलको केन्द्रीय समितिको निर्णय पुस्तिका नभएसम्म दल दर्ता गर्न सकिदैन । केन्द्रीय समितिको निर्णय पुस्तिका बनाउन बैठक गर्नुपर्ने हुन्छ । लकडाउनका कारण यो प्रक्रिया केही लम्बिने देखिएको छ ।

राजपका नेता शरतसिंह भण्डारीले पनि आफूहरूको प्रमाण नपुगेकाले दल दर्ता हुन नसकेको जानकारी दिए । ‘लकडाउनका कारण बाहिर निस्कन समस्या भएको छ, तर आयोगले मागेको कागज उपलब्ध गराउँछौ’ उनले भने । दल दर्ताका लागि समाजवादीका नेता उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ राजपाका नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी लगायत आयोगमा पुगेका थिए ।

उनीहरूले सरकारले राजनीतिक दल सम्बन्धीएेन संशोधनका लागि अध्यादेश ल्याएर राम्रे काम गरेको बताए । राजपाका नेता भण्डारीले सरकारलाइ अध्यादेश ल्याइदिएर पार्टी एकतामा उर्जा थपेकोमा धन्यवाद समेत दिएका छन । अब दइ दलबीचको एकता टुंगोमा पुर्याउनका लागि केन्द्रीय समितिको माइन्युट बुझाउनुपर्ने हुन्छ ।

प्रकाशित मिति : 11:57