राजपा र समाजवादीका नेता दल दर्ता गर्न निर्वाचन आयाेगमा
११ वैशाख, काठमाडाैँ । पार्टी एकता भएपछि राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी दलका नेताहरु नयाँ दल दर्ताका निर्वाचन आयोग पुगेका छन् ।
राजपा र समाजवादीबीच बुधबार राति एकता भएपछि नयाँ दल दर्ताका लागि नेताहरु आयोगमा पुगेका हुन् । नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी राख्ने सहमति भएको छ ।

एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीको राख्ने सहमति गरिएको छ । त्यसैगरि चुनाव चिह्न भने राजपा नेपालले प्रयोग गर्ने छातालाई राख्ने सहमति भएको छ ।
राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरद सिंह भण्डारी र समाजवादी पार्टीबाट डाक्टर बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
प्रकाशित मिति : 11:23







