चितवनमा पत्रकार राहतकाेषका नाममा प्रेस युनियनकाे गैरकानुनी असुली धन्दा
११ वैशाख, चितवन । बिद्यमान कानुनी ब्यवस्थाको धज्जी उडाउँदै पत्रकार राहत कोषका नाममा प्रेस युनियन चितवनले गैरकानुनी असुली धन्दा चलाएको पाईएको छ । स्थानीय पत्रकारहरुलाई राहत बाड्ने भन्दै युनियनले कोषका नाम पछिल्लो केही दिन यता चितवनमा असुलि धन्दा चलाएको हो । कोषका नाममा चन्दा उठाउन कानुन त बर्जित छ ।

तर सङ्कटको मौका छोपेर जिल्लाका सबै पत्रकारको नाम बेचि भएको यस अबैध असुली प्रति स्थानीय पत्रकारहरुले असहज महसुस गरेका छन् । लकडाउनका कारण समस्यामा परेका पत्रकारलाई सहयोग पुर्याउनु पत्रकार सम्वद्ध संघसस्थाको दायित्व हो । तर कोष बनाउने भन्दै असुली धन्दा चलाउनु गैरकानुनी मात्र नभई आम पत्रकारको आत्मसम्मानमा ठेस पुगेको चितवनका एकजना पत्रकारले नाम नखुलाउने सर्तमा बताए । चितवनमा पत्रकार महासङ्घ जिल्ला शाखाले समस्यामा परेका पत्रकारहरुलाई राहत बितरण गरिरहेको छ । महासङ्घ चितवनले राहत बितरण गर्ने नाममा कुनै चन्दा असुली नभएको जनाएको छ ।
प्रकाशित मिति : April 23, 2020 at 10:50 am





