कौसी खेतीसम्बन्धी भर्चुअल तालिम शुरु
११ वैशाख, काठमाडौँ । लकडाउनको समयमा घरमै बसेर कसरी कौसीमा तरकारी फलाउने भन्ने विषयमा भर्चुयल तालिम शुरु भएको छ ।
‘गुठी’ संस्थाले फेसबुक लाइभमार्फत शहरी क्षेत्रका वासिन्दालाई घरमै तरकारी र फलफूल फलाउन सिकाएको हो । पृथ्वी दिवसका अवसरमा सो तालिमको आयोजना गरिएको संस्थाका कार्यक्रम संयोजक प्रकाश अमात्यले बताउनुभयो ।

उहाँका अनुसार कौसी खेती विज्ञ शेखनारायण महर्जनले घरेलु पानी र आकाशेपानीबाट कसरी घरमा उत्पादन गर्न सकिन्छ भन्ने जानकारी दिनुभयो । पूर्व विज्ञानमन्त्री गणेश साह र सांसद् जीवनराम श्रेष्ठ पनि सो तालिम दिनुभएको थियो ।
प्रकाशित मिति : April 23, 2020 at 10:51 am





