फेसबुक मार्फत कोरोनाबारे भ्रम फैलाउने पूर्व सचिव भीम उपाध्याय पक्राउ
१० वैशाख, काठमाडाैँ । फेसबुक मार्फत कोरोनाबारे भ्रम फैलाउने पूर्व सचिव भीम उपाध्याय पक्राउ परेका छन । प्रहरीले बुधबार साँझ ललितपुरबाट उनलाइ पक्राउ गरेको हो । उनले केही दिनअघि कैलालीमा दुइ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भन्दै अफवाह फैलाएका थिए ।

उनले ब्रेक्रिङ न्युज भन्दै हुँदै नभएको विषयमा भ्रम फैलाएर समाजसाइ भ्रमित बनाएका थिए । उनले केही समयदेखि यस्तो भ्रमणपूर्ण काम गर्दै आएका छन । उनले पछिल्लो केही साता यता सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा भ्रमपूर्ण सूचनाहरू हाल्दै आफ्नो फलोअर बढेको भन्दै घमण्ड समेत प्रस्तुत गर्दै आएका थिए । उनले रूकुम पश्चमिकका दुइ जनको धनगढीमा पिसआर परीक्षण गर्दा कोरोना पोजेटिभ आएको भन्दै भ्रम छरेका थिए । उपाध्यायले नेकपाका नेतृव र सरकारका मन्त्रीहरूविरूद्ध छाडा शब्दमा गालीगलौज समेत गर्दै आएका थिए ।

प्रकाशित मिति : 22:15









