३ श्रावण २०८३, आइतबार | Mon Jul 20 2026

बाबुराम भट्टराईको पार्टीका विद्यार्थी नेता हेमराज थापाको कोठाबाट राहतको २२ बोरा चामल बरामद

१० वैशाख, काठमाडौँ । डा बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीको भ्रातृ संगठन समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव  हेमराज थापाको कोठाबाट राहतको नाममा संकलन गरिएको २२ बोरा चामलसहित त्यही अनुमातमा अन्य खाद्य सामाग्री बरामद भएको छ । फेसबुकमा खान नपाएको भनेर रूवाबासी गरिरहेका थापाको कोठामा शंका लागेर प्रहरीले छामा मारेको थियो ।

कीर्तिपुरमा बस्दै आएका थापाको कोठामा प्रहरी र वडा नम्बर ७ का वडाअध्यक्ष राजकुमार मालीको उपस्थितिमा थापाको कोठामा छापा मार्दा २२ बोरा चामल र ६बोरा दाल, ६कार्टुन तेल बरामद गरेको कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले जानकारी दिएका छन । समाजवादी पार्टीका विद्यार्थी संगठनमा आवद्ध उनी पछिल्लो केही दिन यता ज्ञानेन्द्र शाहीको पक्षमा चर्को आवाज उठाउँदै आएका थिए । प्रहरीले थापा माथि कानुन अनुसार कारबाहीको तयारी अघि बढाएको छ ।

प्रकाशित मिति : April 22, 2020 at 9:14 pm