प्रधानमन्त्री ओलीद्धारा नेपालीको सुरक्षा अवस्थाबारे साइप्रसका राष्ट्रपतिसँग टेलिफोन संवाद
१० वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका विद्यार्थी र विभिन्न पेशामा संलग्न नेपालीको अवस्थाबारे बुझ्ने क्रममा आज साइप्रसका राष्ट्रपति निकोस अनानस्टासियादेससँग टेलिफोन संवाद गर्नुभएको छ ।

सो क्रममा प्रधानमन्त्री ओलीले त्यहाँका नेपालीका बारेमा चासो राख्नुभएको र राष्ट्रपति निकोसले उपयुक्त हेरविचार भइरहेको र कुनै अप्ठेरो पर्न नदिने आश्वासन दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
प्रकाशित मिति : April 22, 2020 at 5:48 pm





