२ जना कोरोना संक्रमित निको भएर घर फर्किए
१० वैशाख, काठमाडाैँ । २ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । उनिहरू दुवैजनालाई डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार सेती प्रादेशिक अस्पतालमा उपचाररत ४० वर्षका एक जना १९ दिन पछि अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

यस्तै, काठमाडाैँकाे टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत अर्का एक जना कोरोना संक्रमित पनि डिस्चार्ज भएका छन् । धादिङका ३२ वर्षका संक्रमितको तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आएको र डिस्चार्ज गरेको मन्त्रालयले जनाएको छ।
उनि गएको चैत ६ गते दुबईबाट नेपाल आएका थिइ । निको हुनेमा उनि छैटौं व्यक्ति हुन् । नेपाल आएपछि होटलमा बसेको छैटौं दिनमा उनिअस्पताल अस्पताल पुगेका थिए । परीक्षण गर्दा १२ गते कोरोना भाइरसको संक्रमणको पुष्टि भएको थियो ।
प्रकाशित मिति : April 22, 2020 at 6:01 pm





