३ श्रावण २०८३, आइतबार | Mon Jul 20 2026

नेपालमा थप ३ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितकाे संख्या ४५ पुग्याे

१० वैशाख, काठमाडौँ । नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार धरानको प्रयोगशालामा गरिएको परीक्षणमा २४, ६० र ७२ वर्षका पुरुषमा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ पुगेको छ भने त्यसमध्ये सात जना निको भएर फर्किएका छन्। मंगलबार उदयपुरको भुल्केमै ११ जनामा कोरोना संक्रमण देखिएको थियो।

संक्रमित ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : April 22, 2020 at 4:34 pm