हतुवागढीका आरडिटी पोजेटिभको सम्पर्कमा रहेका सबैको रिपोर्ट नेगेटिभ
१० वैशाख, भोजपुर । हतुवागढी गाउँपालिकामा कोरोना भाइरस आरडिटीमा पोजेटिभ देखिएका युवकको सम्पर्कमा रहेका परिवारका सदस्यको रिपोर्ट नेगेटिभ पाइएको छ । उनका बुवा, भाइ र अन्य तीन साथीको बुधबार आरडिटी गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख फणीन्द्र थापाले जानकारी दिनुभयो ।

गत फागुन ३० गते साउदी अरबबाट काठमाडौंँ आएका ती युवक चैत ११ गते हतुवागढी आइपुगेका थिए । होम क्वारेन्टाइनमा रहेका उनको रिपोर्ट पोजेटिभ देखिएपछि प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारमा रहेको आइसोलेशनमा राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । ती युवकको स्वाब संकलन गरी कोरोना पुष्टिका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको बताइएको छ ।
प्रकाशित मिति : April 22, 2020 at 2:34 pm





