३ श्रावण २०८३, आइतबार | Mon Jul 20 2026

आरडीटी परिक्षण रिपाेर्ट पाेजेटिभ देखिएका काठमाडौँका दुई नर्सको पीसीआर रिपोर्ट नेगेटिभ

१० वैशाख, काठमाडौँ । केन्द्रीय कारागार अस्पतालका दुई नर्समा पीसीआर परीक्षणबाट कोरोना नेगेटिभ देखिएको छ। र्‍यापिड टेस्टबाट परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि जनस्वास्थ्य प्रयोशालामा गरिएको पीसीआर परीक्षणमा दुवैको रिपोर्ट नेगेटिभ आएको हो।

आरडीटी रिपाेर्ट पोजेटिभ आएपछि उनीहरुलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा राखिएको थियो। सोमबार चिकित्सक नर्स तथा प्यारामेडिक्स गरी ४० जनाको आरडीटी परीक्षण गरिएको थियो। जसमा दुई नर्सलाई कोरोना देखिएको हो। दुई पटक परीक्षण गर्दा पनि पोजेटिभ निस्किएपछि उनीहरुलाई टेकु अस्पतालको आइसोलेसनमा राखिएको थियो। तर पीसीआरबाट नेगेटिभ देखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएकाे छ ।

प्रकाशित मिति : April 22, 2020 at 1:53 pm