प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डद्धारा नेकपा सांसदहरूलाई बालुवाटारमा संयुक्त ब्रिफिङ
१० वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना पार्टीका संघीय सांसदहरूलाई बुधबार दिउँसो संयुक्त ब्रिफिङ गर्नुभएकाे छ । प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले पार्टी स्थापना दिवसको अवसरमा बालुवाटारमा संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरूसँग प्रदेशस्तरीय समुहमा छलफल गरिरहनु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयाे ।

सल्लाहकार थापाका अनुसार सुदूर पश्चिम प्रदेशका सांसदहरूसँगको छलफल सकिएको र अहिले प्रदेश १ का सांसदहरूसँग छलफल भइरहेकाे छ । सातवटै प्रदेशका सांसदहरूसँग आज र भोलिसम्म छलफल चल्नेछ। जारी अध्यादेश र कोरोना भाइरसविरूद्दको लकडाउन लगायतका विषयहरूमा सांसदहरूलाई स्पष्ट गर्न यसरी छलफल गरिएको समेत सल्लाहकार थापाले जानकारी दिए ।
प्रकाशित मिति : 13:21









