३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

खानेपानीको व्यवस्था नगरेको भन्दै वडाध्यक्षमाथि कुटपिट गर्ने ७ जना पक्राउ

१० वैशाख, जाजरकोट । जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीलाई गए राति एक समूहले कुटपिट गरेको छ  । कुटपिटबाट नेपाली घाइते हुनुभएको सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य बस्नेतले जानकारी दिनुभयो । कुटपिटमा संलग्न स्थानीय बिर्खनाथ योगी र जयनाथ योगीसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिकात्मक तस्बिर ।

आक्रमणकारीको खोजीका लागि प्रहरी कार्यालय पञ्चालाबाट टोली खटिएको थियो । खानेपानीको व्यवस्था नगरेको भन्दै कुटपिट भएको बताइएको छ । घाइते अध्यक्ष नेपालीलाई उपचारका लागि सुर्खेत लगिएको बस्नेतले जानकारी दिनुभयो ।

प्रकाशित मिति : April 22, 2020 at 12:22 pm