३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

कोरोना नियन्त्रण तथा उपचारका कोषमा २ अर्ब ११ करोड जम्मा

१० वैशाख, काठमाडौँ । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा उपचारका कोषमा अहिलेसम्म रु दुई अर्ब ११ करोड ६५ लाख ५८ हजार २७५ सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार हिजो मङ्गलबार मात्र रु एक करोड ३५ लाख तीन हजार ४२० कोषमा जम्मा भएको छ ।

मङ्गलबार एभरेष्ट बैंकले रु ६० लाख, राष्ट्रिय योजना आयोगबाट रु चार लाख ६६ हजार २३०, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी कर्मचारीको तर्फबाट रु तीन लाख ९२ हजार ९१३, भेरी प्राविधिक शिक्षालय रु दुई लाख ९४ हजार ८५५, न्याय हेल्प नेपाल रु दुई लाख ७१ हजार २०, नाम नामेसी नखुलेका तथा रु एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति र संस्थाबाट रु ४५ लाख ५८ हजार ५९ सङ्कलन भएको छ । सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका सहयोग पु¥याउन कोष स्थापना गरेको हो । कोषमा सङ्कलन भएको रकम रोकथाम र नियन्त्रणका लागि सरकारले खर्च गर्ने छ ।

प्रकाशित मिति : April 22, 2020 at 12:01 pm