३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

नेपालमा पहिलो पटक दुई नर्समा आरडिटी पोजेटिभ देखियो, टेकु अस्पतालमा राखियो

९ वैशाख, काठमाडाैँ ।  नेपालमा पहिलो पटक दुई नर्समा आरडिटी पोजेटिभ देखिएको छ । मंगलबार केन्द्रीय कारागार अस्पतालमा कार्यरत नर्समा आरडिटी टेस्ट गर्दा पोजेटिभ देखिएको हो । काठमाडौंमा रहेका उनीहरूमा कोरोनाको शंका देखिएपछि शहिद शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको छ ।

त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका उनीहरुको ¥यापिड टेष्ट (आरडिटी) परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । उनीहरूको थ्रोड स्याब संकलन गरेर पिसिआर परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।  उनीहरूमा कोरोना भाइरसको संक्रमण छ कि छैन भन्ने भोलि सम्ममा नमुना परीक्षणको रिपोर्ट अाएपछिमात्र पुष्टि हुनेछ ।

प्रकाशित मिति : April 21, 2020 at 10:07 pm