भोजपुरका २६ वर्षीय युवामा आरडिटी रिपोर्ट पोजेटिभ
९ वैशाख, भोजपुर । यहाँका एक युवकको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ । हतुवागढी गाउँपालिकाका २६ वर्षीय युवकको आज द्रुत निदानात्मक परीक्षण (आरडिटी) गर्दा रिपोर्ट पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिनुभयो । गत साल फागुन ३० गते साउदी अरबबाट काठमाडौंँ आएका ती युवक चैत ११ गते हतुवागढी आइपुगेका थिए ।

होम क्वारेन्टाइनमा रहेका उनलार्ई पोजेटिभ देखिएपछि प्राथामिक स्वास्थ्य केन्द्र घोरेटारमा रहेको आइसोलेशनमा राखिएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । उनको स्वाब संकलनका लागि मंगलबार नै जिल्ला अस्पतालबाट चिकित्सकको टोली हतुवागढी लागेको स्वास्थ्य कार्यालयले बताएको छ । स्वाब संकलन गरेर परीक्षणका लागि बुधबार बिहान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइने कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : April 21, 2020 at 6:41 pm




