उदयपुरका थप ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४० पुग्यो
९ वैशाख, काठमाडाैँ । कोरोना संक्रमितको संख्या ४० जना पुगेको छ । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरेको नमुना परीक्षणमा ८ जनामा कोरोना पोजेटिभ देखिएको हो । उनीहरू सबै उदयपुरका यसअघिका संक्रमितका नजिक भएर सम्पर्कमा रहेका व्यक्ति हुन । उनीहरूको यसअघि कोशी अस्पतालमा भएको परीक्षणमा पनि जोजेटिभ रिपोर्ट अाएको थियो ।

यसअघि उदपयुरकै एक जनामा कोरोना पोजेटिभ देखिएको थियो । केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा ३३ वर्षीयमा पुरूषमा कोरोना पोजेटिभ पाइएको थियो ।
प्रकाशित मिति : April 21, 2020 at 6:04 pm





