कालगतिले मृत्यु भएकी महिलालाई प्रहरीले कुटेर मृत्यु भयाे भन्दै अफवाह फैलाउने पक्राउ
९ वैशाख, सप्तरी । कालगतिले मृत्यु भएकी महिलालाई प्रहरीले कुटेर मृत्यु भयाे भन्दै अफवाह फैलाउने एक जना पक्राउ परेका छन् । राजविराज नगरपालिका-४ बस्ने २६ वर्षीय दिवाकर कुमार साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

खडक नगरपालिका-६ बीरपुर बस्ने ६५ वर्षीया महिलाको सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएपछि दिवाकरले सामाजिक सञ्जाल फेसबुक लाईभ मार्फत प्रहरीले कुटपिट गर्दा उनको मृत्यु भएको भन्दै झुठो अफवाह फैलाएका थिए । उनलाई सोही नगरपालिका-७ कुनैलीमोडबाट प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।
प्रकाशित मिति : April 21, 2020 at 5:53 pm





