३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

उदयपुरमा भेटिए ८ जना कोरोना संक्रमित, धरानस्थित बीपी प्रतिष्ठान पठाइयाे

९ वैशाख, काठमाडौँ । उदयपुरमा ८ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । त्रियुगा नगरपालिका-३ भुल्केका ८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि उनीहरुलाई एम्बुलेन्समा राखेर धरानस्थित बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकाे छ ।

विराटनगरस्थित कोशी प्रादेशिक अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि थप परीक्षणका लागि स्वाब धरानमा थियाे ।

भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये एकैपटक १२ जनामा कोरोना संक्रमण देखिएको थियो। पछि बाँकी चार जनामध्ये थप एकजनामा पनि संक्रमण देखिएकाे थियाे ।

आज काेराेना संक्रमितसँग १३ जनाकाे सम्पर्कमा आएका थप ८ जनामा कोरोना संक्रमण देखिएको हो।  मस्जिदमा रहेका १३ जनामा कोरोना संक्रमण देखिएपछि भोलिपल्टै संक्रमितसँग सम्पर्कमा आएका ६९ जनाको स्वाब परीक्षण गर्न कोसी प्रयोगशाला पठाइएको थियो।

त्रियुगा नगरपालिका ३ स्थित भुल्केमा नेपाली सेनाले सोमबार मात्रै १५२ जनाको स्वाब संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशा ल्याइएको छ। त्रियुगा नगरपालिकाको मस्जिदमा रहेका १३ जनालाई यसअघि नै कोरोना भाइरस भएको पुष्टि भइसकेको छ।

 

प्रकाशित मिति : April 21, 2020 at 3:04 pm