कुहिएको दाल र चामल राहतमा वितरण गरेकाे आराेपमा कलैया उपमहानगरका मेयर पक्राउ
९ वैशाख, बारा। कुहिएको दाल र चामल राहतमा वितरण गरेकाे आरोपमा कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादवलाई प्रहरीले पक्राउ गरेको छ।

मेयर रायले राहतका नाममा गुणस्तरहीन चामल र दाललगायतका उपभोग्य वस्तु वितरण गरेको उजुरी परेपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बारा एसपी कृष्ण पंगेनीले जानकारी दिए।
कलैया उपमहानगरपालिका चैत २८ गते वितरण गरेको राहतमा कुहिएको दाल र चमल भेटिएको थियो। प्रहरीले । राहत बाँड्ने कार्यमा संलग्न अन्य ७ जनालाई पनि पक्राउ गरेको एसपी पंगेनीले बताए।
प्रकाशित मिति : April 21, 2020 at 2:30 pm




