१० डिआइजीले फुलीसहितको जिम्मेवारी पाए
८ वैशाख, काठमाडाैँ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा हुनु भएका १० प्रहरी अधिकृतलाई आज दज्र्यानी चिन्ह प्रदान गरिएको छ । नेपाल सरकार, मन्त्रीस्तरको वैशाख ७ को निर्णय अनुसार बढुवा भएका उहाँहरुलाइ आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले दज्र्यानी चिन्ह प्रदान गर्नुभयो ।
डिआइजीमा घनश्याम अर्याल, प्रकाशजङ्ग कार्की, वसन्तकुमार पन्त, इश्वरबाबु कार्की, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह, वसन्तकुमार लामा, रविन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार विसी बढुवा हुनुभएको हो । गृहसचिव महेश्वर न्यौपानेको संयोजकत्वको सिफारिस समितिले उहाँहरुलाई बढुवाका लागि सिफारिस गरेको थियो ।

आजै प्रहरी महानिरीक्षक ज्ञवालीले गृह मन्त्रालय, सचिवस्तरको गत चैत १३ गतेको निर्णयले प्रहरी नियमावली २०७१ को नियम १२९ बमोजिम प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका पुरुषोत्तम राउत क्षेत्रीलाई समेत दज्र्यानी चिन्ह प्रदान गर्नुभयो ।
प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नति भएका अधिकृतलाई बधाइ तथा शुभकामना दिँदै जिमेवारीमा पूर्ण प्रतिबद्ध भई कार्यदक्षता प्रदर्शन गर्न निर्देशन दिनुभयो । प्रदेशस्तरमा समायोजन गर्ने चुनौती रहेको उल्लेख गर्दै उहाँले प्रदेश प्रमुखका रुपमा खटी जाने प्रहरी अधिकृतले आफ्नो भूमिका निर्वाह गर्न अझ बढी संवेदनशील, सचेत, अभ्यस्त र अध्ययनशील हुनुपर्नेमा जोड दिनुभयो ।
कोभिड १९ को कारण सिर्जना भएको विषम परिस्थितिमा खटिएका प्रहरी अधिकृत तथा जवानको सुरक्षा, स्वास्थ्य संवेदनशिलताका लागि आवश्यक सामग्रीको व्यवस्थापन तथा त्यसको सही प्रयोग, सुरक्षाकर्मीको परिचालनतर्फ संवेदनशील भएर अगाडि बढ्न समेत उहाँले निर्देशन दिनुभयो ।
पदोन्नति भएका अधिकृतको तर्फबाट प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले सङगठनले अङ्गिकार गरेका नीति एवम् जिम्मेवारीलाई व्यवसायिक निष्ठा, क्षमता, पारदर्शिता एवम् इमान्दारिताका साथ पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कुन डीआईजी कुन प्रदेश प्रमुख ?
प्रहरी प्रधान कार्यालयमा सोमबार प्रहरी महानिरीक्षक ठाकुर ज्ञावलीले नवनियुक्त डीआईजीहरुलाई दर्जानी चिह्न प्रदान गरेका हुन्।
सोमबार पदोन्नती भएका प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरुलाई सरकारले प्रदेश प्रमुखको रुपमा खटाउने तयारी गरेको छ।
हाल प्रदेश २ मा रहेका डीआईजी प्रद्युम्न कार्की र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा रहेका निरज शाहीलाई सरुवा गर्दै त्यहाँ पनि नवनियुक्त डीआईजीलाई पठाउने तयारी गृहले गरेको हो ।
गृह मन्त्रालय स्रोतका अनुसार प्रदेश नम्बर १ मा डीआईजी ईश्वरबाबु कार्कीलाई पठाउने भएको छ।
प्रदेश नम्बर २ मा धिरजप्रताप सिंह, बागमती प्रदेशमा बसन्त लामा, गण्डकी प्रदेशमा धनश्याम अर्याल, प्रदेश नम्बर ५ मा रबिन्द्र बहादुर धानुक, कर्णाली प्रदेशमा बसन्त पन्त र सुदुरपश्चिम प्रदेशमा उत्तमराज सुवेदीलाई पठाउने भएको हो। यस्तै सीआईबीमा सहकुलबहादुर थापालाई पठाउने गृह स्रोतले जानकारी दिएको छ।
निरज शाहीलाई प्रधान कार्यालय, प्रद्युम्न कार्कीलाई विशेष व्यूरो, अरुणकुमार बीसीलाई अख्तियार, प्रकाशजंग कार्कीलाई तालिम केन्द्रको जिम्मेवारी दिइएको छ।
सिफारिस भएको १० दिनपछि नवनियुक्त १० डीआईजीलाई सोमबार दज्र्यानी चिह्न प्रदान गरिएको छ।
प्रहरी प्रधान कार्यालयमा सोमबार प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले नवनियुक्त डीआईजीहरुलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन्।
नवनियुक्त डीआईजीहरुलाई सोमबार नै पत्र थमाउने गरी तयारी भइरहेको पनि गृह स्रोतले जानकारी दियो।
गत चैत २८ गते बढुवा समितिले १० एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको थियो।
प्रकाशित मिति : April 20, 2020 at 8:20 pm





