गुल्मिकाे एक घरमा आगलागी, वडाअध्यक्षका छोराको जलेर मृत्यु
८ वैशाख, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुर बसपार्कमा रहेको एक घरमा आगलागी भएको छ । आगलागीमा परेर १ जनाको मृत्यु भएकाे छ । बाग्लुङको बरेङ्ग गाउँपालिका ३ का वडाध्यक्ष पूर्णबहादुर खनालका १६ वर्षीय छोरा समीर खनालको मृत्यु भएकाे हाे ।

खनाल र उनकी श्रीमती रुपा आगलागीमा परेर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पाल्पा रिफर गरिएको छ । आगलागी सुरु हुनासाथ आमाबुवा बाहिर निस्कन सफल भएपनि कान्छा छाेरा समीर बाहिर निस्कन नसक्दा उनको मृत्यु गएको हो । उनिहरूका जेठा छोरा भने घरको माथिल्लो तलामा रहेको कारण छतबाट बाहिर हाम फालेर ज्यान जोगिएको छ । खनाल परिवार शान्तिपुर बजारको घरमा पसल गरेर बस्थे । अहिले आगलागी नियन्त्रणमा आइसकेको छ । आगलागी विद्युत सर्ट भएर लागेको जनाइएको छ । आगलागीबाट भएको क्षति विवरण भने आइसकेको छैन ।
प्रकाशित मिति : April 20, 2020 at 3:35 pm





