आइसोलेशनमा मृत्यु भएका बेहनाको कोरोना रिपोर्ट नेगेटिभ
८ वैशाख, कोहलपुर । शिक्षण अस्पताल नेपालगञ्जको आइसोलेशनमा उपचारका क्रममा मृत्यु भएका बिरामीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

रुघाखोकी र दमबाट ग्रसित बर्दिया गुलरियाका इसराइल बेहनाको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रमुख डा प्रकाश थापाले जानकारी दिनुभयो । बेहनाको आइसोलेशन वार्डमा उपचारका क्रममा गत शनिबार मृत्यु भएको थियो ।
प्रकाशित मिति : April 20, 2020 at 2:05 pm





