मलाई मन्त्रालयसँग जोडेर अनर्गल प्रचार नगरिदिनुस्ः डाक्टर पुन
७ वैशाख, काठमाडाैँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत चिकित्सक डाक्टर शेरबहादुर पुनले आफूलाई स्वास्थ्यमन्त्री तथा मन्त्रालयसँग जोडेर अनर्गल प्रचार नगरिदिन आग्रह गरेका छन् । डाक्टर पुनले आइतवार एक विज्ञप्ति जारी गर्दै आफूले नियमित ढंगबाट काम गरिरहेको समेत बताएका छन् ।
उनले विज्ञप्तिमा भनेका छन्,’पछिल्ला दिनमा मसँग जोडिएर सार्वजनिक सञ्चारमाध्यम तथा सामाजिक संजालमा प्रकाशित प्रसारित समाचारहरूमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ ‘मलाई प्राप्त पत्रअनुसार म मन्त्रालयमा उपस्थित भएर अधिकारीहरूसँग सम्पर्क गरिसकेको छु ।’

‘यसलाई मैले आफ्नो वृत्ति जीवनको सामान्य प्रक्रियाका रूपमा लिई आफ्नो नियमित काममा क्रियाशील रहेको छु,’ विज्ञप्तिमा उनले उल्लेख गरेका छन् ।
उनले थपेका छन्, ‘यस सम्बन्धमा मन्त्री, मन्त्रालयसँग जोडेर अनर्गल प्रचार नगरिदिनुहुन र विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड १९ को मारबाट मुलुकलाई बचाउन एकताबद्ध भइदिनुहुन सबैमा अनुरोध गर्दछु ।’
यसअघि उनलाई मन्त्रालयले स्पष्टिकरण सोध्न पत्र काटेको तथा कार्वाहि गरेका समाचारहरू बाहिर आएका थिए ।

प्रकाशित मिति : April 19, 2020 at 5:32 pm





