साझा पार्टीको सहप्रवक्तामा शरदराज पाठक नियुक्त
७ वैशाख काठमाडौँ । साझा पार्टीकाे सहप्रवक्तामा शरदराज पाठक नियुक्त भएका छन् । उनलाई सहप्रवक्तामा नियुक्त गरिएको संयोजक रविन्द्र मिश्रले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका हुन् ।

ग्रामिण विकासमा स्नातकोत्तर गरेका पाठकले साझा पार्टीमा सकृय हुनअघि विभिन्न सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व गरेका थिए। उनी गत संघीय निर्वाचनमा पार्टीको तर्फबाट चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका थिए।
प्रकाशित मिति : April 19, 2020 at 3:24 pm




